Tuesday, September 26, 2017

लगातार ८४ घण्टा बोलेर विश्व कीर्तिमान बनाउँन कस्सिए एक नेपाली

२०७४ असोज ११ ,काठमाडौं ।।
 लगातार ८४ घण्टा बोलेर विश्व कीर्तिमान राख्न एक नेपाली कस्सिएका छन् ।

काठमाडौंका अनन्तराम केसीले लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा यही असोज १९ गतेदेखि लगातार ८४ घण्टासम्म मोेटिभेसनल स्पीच दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्ने भएका हुन् ।

कार्यक्रम लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी १ को सहयोगमा आयोजना हुँदैछ ।

विश्व कीर्तिमान राख्ने कार्यक्रम असोज १९ गते बिहान ५ गतेबाट सुरू भएर २२ गते सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रम मित्रपार्कस्थित टेक्सास इन्टरनेसनल कलेजको सभाहलमा आयोजना हुँदैछ ।

अनन्तराम लामो अवधिसम्म भाषणा गरेर कीर्तिमान आफ्नो नाममा लेखाउने कसरतमा लागेका हुन् । यसअघि यो कीर्तिमान भारतका अश्विन सुडैनको नाममा छ । उनले ७५ घण्टा ३२ मिनेट भाषण गरेर कीर्तिमान राखेका थिए ।

भाषणमा विभिन्न ७७ विषय सामेल हुने केसीले बताएका छन् । त्यसमा लायन्सको सेवा, जीवन दर्शन, साधना, मेमोरीलगायत विषय हुनेछन् ।

उनका लागि एक घण्टामा पाँच मिनेट बे्रक टाइम हुने छ ।

उनले आफूले यसका लागि धेरै तयारी र मेहेनत गरेको बताए । फिडेल क्यास्ट्रोले राखेको रेकर्ड अहिले आफूसम्म आइपुगेकोमा उनले खुसी व्यक्त गरेका छन् । उनी लायन्स क्लब अफ काठमाडौं बिहानीका सचिव समेत हुन् ।

यसबारे जानकारी दिन आयोजनामा गरिएको कार्यक्रममा बोल्दै लायन्समा डिस्टि्रक्ट गभर्नर धनराज आचार्यले लायन्स स्थापनाको शताब्दीका अवसरमा आयोजनाले विश्वमा नेपालीको छुट्टै पहिचान बनाउने आँट गरेकोमा खुसी व्यक्त गरे ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...