Sunday, September 24, 2017

नक्कली प्रहरी बनेर तस्करीको सुन लुट्ने पक्राउ


असोज ८,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीको नाममा तस्करीको सुन लुट्ने दुईजनालाई प्रहरीले रसुवाबाट पक्राउ गरेको छ । 
रसुवाको कालिकास्थान क्षेत्रमा शनिबार युवा संघका महासचिव किरण पौडेल सहितको गाडीलाई बाटोमा रोखेर सिआईबीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्ने नुवाकोटका पशुपति थपलिया र बद्री थपलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
युवा संघ महासचिव लगायतका व्यक्तिहरु सवार बा १५ च ३३३३ नम्बरको गाडीलाई बा १६ च ५४९४ नम्बरको मोटरसाइकलमा आएका पशुपति र बद्रीले  बिच बाटोमा राखेर सीआईवीका नाममा खानतलासीको नाममा फाईदा उठाउँदै गरेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्याय रसुवाका डीएसपी सरद कुमार क्षेत्रीले बताए । 
पक्राउ परेका दुवैजनालाई थुनामा राखेर अनुसन्धान थालेको र उनीहरुसँग संलग्न केही फरार भएकाको खोजी कार्य भईरहेको डीएसपी क्षेत्रीले बताए । 
प्रहरी स्रोतका अनुसार शनिबार बिहान उक्त गाडीमा ८ किलो भन्सार छलीको सुन आएको भन्ने खबर ती नक्कली प्रहरीलाई पुगेको थियो । सुन लुट्ने मनसायले उनीहरुले त्यो गाडी बाटोमा रोकेर चेकजाँचको बाहाना बनाएका थिए । त्यही बेला युवासंघका महासचिव पोडेलले प्रहरीलाई खबर गरेका थिए । 
यसअघि रसुवाको विभिन्न स्थानमा तस्करी सुन लुट्ने समूह यही भएको प्रहरी स्रोतले जानकारी दियो । सिमा क्षेत्रमा केही व्यक्ति बस्ने, सुन आएको सूचना संकलन गर्ने र बीच बाटोमा गाडी रोकेर हामी प्रहरी हौैं भन्दै सुन लुटेर फरार हुने गिरोह यही भएको प्रहरी स्रोतको दाबी छ । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...