Tuesday, September 26, 2017

नेपाली सुदुर पश्चिमेलि समाज भारत द्वारा कञ्चनपुरकि मिर्गौला पीडितलाई सहयोग

बिशाल पाण्डेय
असोज ११, सुखड,कैलाली ।।
नेपाली सुदुर पश्चिमेलि समाज भारतले मंगलबार नेपालको कञ्चनपुर जिल्लामा  बस्दै आइरहेका महेन्द्रनगर  निवासी सोनु सिनाल लाई भारतको अल ईन्डिया मेडिकल एम्स मा उपचाररत अवस्थामा सहयोग गरेको छ।

महेन्द्रनगरका निवासी   धिरेन्द्र सिनाल ज्यु कि ३५ वर्षिय मिर्गौला पिडीत श्रीमती  सोनु सिनाल जि लाई मंगलबार अल ईन्डिया मेडिकल (एम्स) अस्पतालमै गएर  सुदुर पश्चिमेलि समाज भारत दिल्ली स्थित समितिका अध्यक्ष भवानी भट्ट र सचीव हर्क रावत द्बारा संयुक्त  सुदुर पश्चिमेलि समाज भारतको तर्फ बाट नेपाली रु.१२ हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

नेपालको सुदूर पश्चिममा घर भइ बिश्व भरि फैलिएर रहेका ब्यक्तिहरु मिलि बनाइएको संगठन सुदुर पश्चिमेलि समाज हो । यो संगठनले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र  सुदुरपश्चिमेली मुल नाराका साथ बिश्व  भरि फैलिएको सुदुर पश्चिमेली समाजले दैबिक प्रकोप,  गरिब  ,  असाहयहरुलाई  समेत सहयोग गरेको  साथै अाफ्नो कला संस्कृति  बचाउन हातेमालो गर्दै अाएको सचीव हर्क रावतले दिल्ली बाट जानकारी गराउनु भयो ।

साथै अध्यक्ष भट्टले उहाँको मिर्गौला फेल भएर डाइलेसिस भइरहेको र मिर्गौला दान गर्ने मान्छेको खाचो भएकाले कोहि इच्छुक हुनुहुन्छ भने सम्पर्कमा अाउनको लागि आग्रह समेत गर्नुभएको छ।

 यस अघि पनि नेपाली सुदुर पश्चिमेलि समाज भारत  दिल्ली का अध्यक्ष  भवानी भट्ट द्वारा सोनु सिनाल लाई आफ्नो ब्यक्तिगत  तर्फबाट ह्व्यल चियर समेत हस्तान्तरण गर्नु भएको थियो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...