Saturday, September 23, 2017

सर्वसाधारण र प्रहरी विचको सम्बन्ध नजिक बनाउने :- प्रहरी प्रमुख भट्ट

 
असोज ८, धनगढी ।।

 प्रदेश नम्बर ७ का प्रहरी प्रमुख बिजय कुमार भट्टले सर्बसाधारण र प्रहरी विचको सम्बन्ध नजिक बनाउने मुख्य योजना रहेको बताएका छन् । 

शनिवार धनगढीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले सर्बसाधारणलाई प्रहरी कार्यालयमा उपस्थित भई समस्या राख्न सक्ने वातावरण सिर्जना गर्ने मुख्य योजना रहेको बताएका छन् । 

उनले प्रदेश नम्बर ७ का पहाडका सर्बसाधारण अझै पनि प्रहरी संग समस्या राख्न डराउने भएकाले यसको समाधानका सम्बन्ध नजिक बनाउन लागेको बताएका छन् ।  


भट्टले दशैँलाई मध्यनजर गरेर शान्ती सुरक्षा बलियो बनाएको र ठाँउ ठाउँमा हेल्पडेस्क पनि निर्माण गरीने बताएका छन् । प्रहरी प्रमुख भट्टले सिमा क्षेत्रको सुरक्षाको लागी प्रदेश नम्बर ७ का बिभिन्न नाकाहरुमा भारतिय पक्षसग छलफल गरि नेपालीलाई आवतजावतलाई सहज बनाउने उहाले बताए । उनले अव हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभा शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नका लागी लागी पर्ने बताए ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...