Thursday, November 2, 2017

लमजुङमा पासाङ लामाको छातीबाट १७ किलो सुन बरामद

कात्तिक १६ ,लमजुङ ।।
 लमजुङ प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीबाट १७ किलो सुनसहित पासाङ लामालाई पक्राउ गरेको हो । लामा मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका बासिन्दा हुन् ।पक्राउ परेका लामाले मनाङतर्फबाट सुन ल्याएर बेसीशहरतर्फ लैजाँदै थिए । विशेष सुराकीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बा ५८ प ४२९१ नम्बरको मोटरसाइलमा आएका लामाले कपडाले बेरेर छाती र पेटमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
घटनास्थल सदरमुकामदबाट तीन घण्टा टाढा पैदल दूरीमा पर्छ । लामालाई लिएर प्रहरी अहिले सुन चेक गर्न सदरमुकामतर्फ जाँदै छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...