Wednesday, November 1, 2017

घोडाघोडि नगरपालीकामा खेलकुद विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न .....

कार्तिक १६,सुखड ।
कैलालीको घोडाघोडी नगरपालीका १ सुखडमा खेलकुद विकासका लागि सरोकारवालाको भुमिका विषयमा अन्तरक्रिया तथा चियापान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

घोडाघोडी खेलकुद विकास समिति अध्यक्ष लोकेन्द्र वहादुर शाहीको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालीकाका मेयर ममता प्रशाद चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिमा उप मेयर प्रेम कुमारी थापा रहनु भएको थियो ।

 कार्यक्रममा वौल्दै मेयर चौधरीले नगरपालीकामा खेलकुद विकासका लागी चालु आर्थीक वर्षको निति तथा कार्यक्रममा पनी केही व्यवस्था गरिएको वताउनु भयो । घोडाघोडी नगरपालीका भीत्रका  प्रत्येक वडामा एउटा खेलकुद ग्राउन्ड नीर्माण गर्ने नगरपालीकाको लक्ष्य रहेको वताउदै मेयर चौधरीले यहाँ  हुने खेललाई मौसमी रुपमा न लिएर सधै खेलकुद हुने वातावरण वनाउन कवड हलको व्यवस्था गर्न आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा  घोडाघोडी नगरपालीकाका मेयर ममता प्रशाद चौधरी , उप मेयर प्रेम कुमारी थापा , वडा न. ४ का वडा अध्यक्ष टेक वहादुर वुढा , वडा नम्वर १० का वडा अध्यक्ष भिम वहादुर वम , घोडाघोडी खेलकुद विकास समितिकाका पदाधिकारीहरु , पत्रकार लागायत खेल प्रेमी हरुको वाक्लो उपस्थीति रहेको थियो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...