Wednesday, November 1, 2017

सगरमाथाको उचाइ नाप्न सुरु, चिसोले काम गर्न नसकेपछि काठमाडौं फर्कियो अध्ययन टोली

         
कात्तिक १६, सल्लेरी ।।
 सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ। नापी विभागका अधिकृतसहित तीन जनाको टोलीले बुधबार काम थालेको हो।  २०७२ को भूकम्पपछि सगरमाथाको अवस्था पत्ता लगाउन उचाइ मापन गर्न लागेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले बताए।

बाह्रवटा बिन्दुमा 'लेभलिङ' राखिने र सगरमाथाको चुचुरोमा 'जीपीएस' सर्वेक्षण राखेर उचाइ मापन गरिने छ। उचाइ मापनका लागि विभागले सम्पूर्ण खाका तयार पारिसकेको बताइएको छ। प्रारम्भिक चरणको प्रतिवेदन तयार भएपछि सर्वेक्षक, विज्ञसहित अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा थप छलफल हुने र गोष्ठीबाट स्वीकृत भएपछि मात्र उचाइ मापनले मान्यता पाउने छ। दुई वर्षसम्म काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम सुरु गरेको डंगोलले जानकारी दिए।

 यसअघि कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोजेको थियो। सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई\दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ।  टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्ने क्रम जारी रहेको जनाएको छ। तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि उक्त टोली बुधबार नै काठमाडौं फर्किएको छ ।

  करिब ६० वर्षअघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेपछि पुनः उचाइ नाप्ने काम भएको थिएन। भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ ८८४८ मिटर भएको पुष्टि गरेको थियो।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...