Saturday, October 14, 2017

श्रीमतीको शवलाई घण्टौंसम्म कारमा घुमाए, पछि शवसँगै यो हालतमा भेटिए श्रीमान्

एम्बुलेन्स नभेट्दा शवको पोष्टमार्टमका लागि प्रतिक्षा गर्नुपरेको खबर त सार्वजनिक हुने नै गर्दछन् । तर भारतको एक खबरले त्यतिबेला सनसनी मच्चायो जब मानिसहरुलाई थाहा भयो कि एक कारका मालिकले आफ्नी श्रीमतीको शवलाई धेरै घण्टासम्म घुमाइरह्यो ।

तीन वर्ष पहिले भएको विवाह पछि जब श्रीमतीले आत्महत्या गरिन् तब श्रीमतीको शवलाई कारमा राखेर श्रीमानले उनको घर लैजादै थिए तर बाटोमा कारको ब्याट्रि डिस्चार्ज भएपछि उनले श्रीमतीको शवसँगै सात बिताए । बन्द कारमा उनी श्रीमतीको शवसँगै सुते ।
अक्टोबर १२ बजे करिब १० बजे मेहरलालकी श्रीमतीले झुण्डिएर आत्महत्या गरिन् । मेहरलालले यसको जानकारी श्रीमतीको माइतीपक्षलाई पनि दिएका थिए । जानकारीपश्चात् जब माइती पक्ष उनको घर पुगे तब त्यहाँ न त छोरी नै थिइन् न उनका श्रीमान् । केही बेर प्रतिक्षा गरेपछि उनीहरु त्यहाँबाट गए ।
पुलिस यसो भन्छः
केरेगांव थाना प्रभारी एनएस राजपूतका अनुसार पुलिसलाई शुक्रबार अपरान्ह साढे दुई बजे लक्ष्मीबाईको मृत्युको जानकारी प्राप्त भयो ।
अछोटा नजिकै श्रीमानको गाडी खराब भएपछि शवलाई थाना ल्याइयो । शवलाई पोष्टमार्टमको लागि पठाइयो तर ५ बजेसम्म कोही पनि डाक्टर पुगेनन् । अब शनिबार पोष्टमार्टम गरिने पुलिसले बताएको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...