Saturday, October 14, 2017

छाडा पशु चौपायाका कारण यातायात प्रभावित

जमुना न्यूरे
असोज २८,सुखड ,कैलाली ।।
कैलाली जिल्लाका विभिन्न  ठाउँमा छाडा पशु चौपाया जताततै  देखिन्छन्  । घोडाघोडी नगरपालिका सङै  कैलालीका विभिन्न  स्थानमा छाडा चौपाया छ्न  । जताततै देखिने चौपायाका कारण स्थानियलाई हैरानी खेप्नु परेको  छ ।
महेन्द्र राजमार्गका विभिन्न  स्थान अत्तरिया , चौमला, पहलमानपुर  , सुखड , बौनिया , लम्की ,  चिसापानी  लगायतका  ठाउँमा छाडा पशु चौपाया  सडकमा बस्दा यातायातका साधनले चौपायामा ठोकिदा दुर्घटना  हुने गरेको सवारी चालक जितु चौधरीले बताए ।

घोडाघोडी नगरपालिका   वडा नं २ कि  भिममाया तामाङ भन्छिन खेतमा लगाइएको धान बाली तथा तरकारी खेती सबै छाडा चौपायले खाइदिएका छ्न । उनले भनिन स्थानीय तहको निर्वाचनमा सबै राजनैतिक दलहरुले भोट माग्दा छाडा चौपायको ब्यबस्थापन गर्ने बताएका  थिए । तर चुनाव सकिएको  तीन महिना बितिसक्दा  समेत नव निर्वाचित जन प्रतिनिधिहरु छाडा पशु चौपाय ब्यबस्थापनमा केहि काम नगर्दा आम जनताले दु:ख पाइरहेका  छन् ।

 त्यस्तै घोडाघोडी नगरपालिकाका वडा नं ८ का  अर्का  स्थानीय बासिन्दा तथा राजनीतिककर्मी   भवानी तिवारीले पनि चुनावि एजेन्डामा मात्र ल्याउने ठूलो कुरा होईन  आम जनता छाडा पशु चौपायाका कारण पीडित छन्  उनिहरुले बालिनाली भित्र्याउने समयमा सबै गाइबस्तुले खाइदिए पछि बर्ष दिन सम्म खाने खेती भित्र्याउन  नपाउनु निकै पिडादायी अवस्था हो । अब प्रदेश सभाको मिति नजिकिदै छ , तर स्थानीय निर्वाचनमा बोलिएको कुरा पूरा गरेका छैन राजनैतिक दलहरुले  । यो छाडा पशु चौपाय ब्यबस्थापनका लागि जस्ले स्थानीय स्तरमा काम गर्छ उसैलाई जनताले बिश्वास गर्ने छन्  ।

 उता घोडाघोडी नगरपालिका वडा नं २  इस्वरी बमले छाडा पशु चौपायले हाम्रो नगरपालिका मात्र होईन  अरु नगरपालिकामा पनि समस्या गरेका छन्   तर ब्यबस्थापनका लागि पहल पनि गर्नु पर्छ । यसरी गाई बस्तु पाल्ने मान्छे दूध दिन छोडे पछि सडकमा ल्याएर छोड्ने ब्यक्तिलाइ सचेत पार्नु पर्यो र कानुन बमोजिमको  कारबाही  गर्नु पर्ने बताउछिन ।

नियन्त्रणका लागि नगरपालिकाले आवश्यक  छ्लफल गरि निकास निकाल्नु पर्छ  बताउनु हुन्छ समाजसेवी गणेश बिष्ट  ।  यातायातका साधन  यताउता जादा गाई बस्तु सडक भरी भएर दुर्घटना  बढी रहेका छ्न बताउनु हुन्छ इलाका प्रहरी कार्यालय  सुखडका प्रमुख  कर्ण सि कार्की  ।  चाडपर्व को समय बढी   कामकाज हुने गरेको र गाई बास्तुले झन्  दुर्घटना  बनाउदा  शान्ती सुरक्षा मा समेत चुनौती दिईएको बताउछन् कार्की ।

 यसरी सबैले सास्ती पाइरहदा समेत नगरपालिकाले छाडा पशु चौपाय ब्यबस्थापन   समयमा ध्यान  दिन जरुरी छ । नगर परिषदको पुर्व सन्ध्या मा सबै गाउँ गाउँ  मा योजना  छ्नौट गर्न गएका प्रतिनिधिलाई अधिकांस जनताले छाडा पशु ब्यबस्थापनका लागि माग गरेको वडा न १२ वडा अध्यक्ष  पर्ना कुमार चौधरीले जानकारी दिए ।
तस्बिर:- विशाल पाण्डेय
              सुखड 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...