Tuesday, October 17, 2017

काठमाडौंका ‘भुस्याहा’ कुकुर, लाखौं खर्चेर पुर्याइन्छ अमेरिका र क्यानडा


कार्तिक १, काठमाडौं । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ ।
सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन् ।
तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेका छन् । नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायत देशमा पुगिसकेका छन् । बेवारिसे कुकुरलाई युरोप, अमेरिका पुर्याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको खबर आजको नागरिक दैनिकले लेखेको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...