Tuesday, October 17, 2017

विश्वको सबैभन्दा कालो बालक

आजकल इन्टरनेटमा एकजना बालकको तस्वीर खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको सरीरको रङ अति नै कालो हुनु नै हो । यो दुनियाको सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ ।

दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ । कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ज भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्विकार गरेको छ । आफ्नो रेकर्डमा यो बच्चाको बारेमा कतै उल्लेख नभएको गिनिज बुकले स्पष्ट पारेको छ ।

सोसल मिडियामा भाइरल बनिरहेको यो बच्चाको बारेमा तिखो बहस समेत छेडिएको छ ।यो तस्वीर नै नक्कली भएको समेत कतिपयले आरोप लगाएका छन् भने कतिपयले बच्चाको तस्वीरलाई रंगभेदीहरुले होच्याउन प्रयोग गरिरहेको पनि आरोप लगाएका छन् । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...