Saturday, October 7, 2017

तराईका २ तिहाइ क्षेत्र नछाड्ने, कांग्रेससँग पहाडमा पनि सिट माग्ने मधेसी दलको रणनीति..

असोज २२, २०७४ ,काठमाडौं ।।
संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले तराई-मधेसका २० जिल्लाका दुईतिहाइ निर्वाचन क्षेत्रमा आफूहरुले उम्मेदवारी दिने र बाँकी एक तिहाइ क्षेत्र लोकतान्त्रिक गठबन्धनलाई छाड्ने रणनीति बनाएका छन्।

यसैगरी दुई दलले देशभरका निर्वाचन क्षेत्रमध्ये कम्तीमा एक तिहाइ आफूहरुले पाउनुपर्ने दाबीसहितको प्रस्ताव लोकतान्त्रिक गठबन्धनसँग राख्ने भएका छन्। लोकतान्त्रिक गठबन्धनमा कांग्रेस, मधेसी दललगायत ६ दल आबद्ध छन्। मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन बनाइएको छ। सिट बाँडफाँटका विषयमा छलफल गर्न राजपा-फोरम बैठक आइतबार बस्नेछ।

 राजपा अध्यक्षमण्डलको शनिबारको अनौपचारिक बैठकमा सिट बाँडफाँट गर्नेबारे प्रारम्भिक छलफल भएको जानकारी अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले जानकारी दिए। उनले चुनावमा मधेसका २० जिल्लासहित देशभर कांग्रेससँग तालमेल हुनसक्ने बताए। 'हामी कांग्रेससँग तालमेल गरी पहाडमा पनि उम्मेदवारी दिन्छौं,' यादवले भने, 'मधेसमा पनि कांग्रेससँग तालमेल गर्छौं।'

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...