Saturday, October 7, 2017

सवारी दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु................

असोज २२, पाँचथर ।।
सवारी दुर्घटनामा परेर साउदी अरबमा  एक नेपालीको मृत्यु भएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ का २७ वर्षीय टीकाराम लाम्गादेको  मृत्यु भएको हो।

 शनिबार सामान किन्न गएका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिमेकी सुकपाल विश्वकर्माले जानकारी दिए।

 उनको शव चाँडै नेपाल ल्याउन परिवारले सरकारसँग आग्रह गरेको छ। दुई वर्षअघि साउदी पुगेका टीकारामका दुई श्रीमती र तीन छोरी छन् ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...