Saturday, October 14, 2017

यदी तपाईं डेटिङ जाँदै हुनुहुन्छ भने एक पटक यो पुरा पढ्नुहोस्

असोज २९,काठमाण्डौ । उपत्यकाको विभिन्न स्थानबाट सेफ्टी पिन अपरेसनमा ५ जोडीसहित ७८ जना पक्राउ परेका छन् । करिब अढाई महिनाको अवधीमा उनीहरु पक्राउ परेका हुन् ।सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र मर्र्यादित बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सुरू गरेको सेफ्टी पिन अपरेसनमा युवा युवती गरी ७८ जना पक्राउ परेको सेफ्टी पिन अपरेसनकी प्रहरी निरिक्षक शर्मिला गुरुङ्गले बताईन् ।

सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यबहारलाई न्यूनिकरण गरी उपत्यकामा महिला तथा बालबालिकाहरुलाई सुरक्षित यात्रा गराउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा करिब अढाई महिना देखि निरन्तर रुपमा प्रहरी परिचालन भईरहेको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए । उपत्यकामा चल्ने सवारी साधनमा दुर्ब्यबहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाण्डौबाट ६७ जना पक्राउ परेका छन् भने ललितपुर र भक्तपुरबाट ५र ६ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार यौनजन्य दुब्र्यवहार र अपशब्द गालीगलौज गर्ने ५५, अश्लिल हर्कत गर्ने १०, पाकेटमार ८ र अन्य ५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये हिंसाको गाम्भीर्यता अनुसार २५ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाईएको छ भने ५३ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ५ जोेडी प्रेमि प्रमिका भए पनि सार्वजानिक स्थानमा समाजलाई नपच्ने खालको गतिविधी गरेपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ बर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ । यो अभियान निरन्तर रुपमा संचालन हुने बताउँदै महानगरीय प्रहरी कार्यालयले कसैलाई कुनै ठाउँमा हिंसा भएमा निर्धक्कसँग उजुरी गरे पिडितको गोपनियतालाई कायम राख्द तत्काल कारवाही गर्ने सेफ्टी पिन अपरेसनकी प्रहरी निरिक्षक शर्मिला गुरुङ्गले बताईन् ।

के हो सेफ्टी पिन अपरेसन ?
महिला तथा बालबालिकालाई सार्वजनिक सवारीसाधनमा यौनजन्य हिंसा भएको धेरै गुनासो आएपछी यो अप्रेशनको सुरुवात भएको हो । गुनासो आएपश्चात प्रहरीले यो सम्बन्धमा के किसिमको कार्य गरिराखेको छ भनेर एउटा सानो सर्भे पनि गरेर हेर्यौ ।

आफ्नो मातहतमा रहेको भक्तपुर, काठमाडौं र ललितपुरमा यस किसिमको कतिवटा घटनाहरु आइराखेको छ र त्यसलाई कसरी डिल गरिराखेको छ भनेर बुझ्दाखेरी निकै नै न्यून मात्रामा आएको पाइयो र आएको केशहरुलाई पनि केबल मिलापत्रमा मात्र सिमित राखेको पाइयो ।

यस किसिमको प्रवृत्तिले पीडकलाई मनोबल बढ्ने देखिएको कारणले गर्दा अब चाहिँ चुप लागेर बस्नु हुँदैन भन्ने हिसाबले ‘सेफ्टीपिन’ नाम दिएर यो अपरेसन संचालन गरेको सेफ्टी पिन अपरेसनकी प्रहरी निरिक्षक गुरुङ्गले बताईन् ।-न्यूज७नेपाल /nepal24news बाट

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...