विराटनगर, असोज ३० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको संघारमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रिपरिषद् गठन गरी राजनीतिक बेइमानी गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री देउवाले मुलुकलाई खोक्रो बनाउने षड्यन्त्र गरेको आरोप लगाए ।
प्रधानमन्त्रीको निर्णय राजनीतिक अपराध भएको उनको भनाइ थियो । अध्यक्ष यादवले वाम गठबन्धनप्रति अरु दल आत्तिनुपर्ने अवस्था रहेको बताए ।
No comments:
Post a Comment