Monday, October 16, 2017

यी बाजेले मनकामना देखि केबलकार चड्ने ठाउसम्म बसमा जस्तै झुन्डिएर गएपछी…

यो संवत् २०६५ सालको कुरा हो । तस्बिरमा केबलकारबाहिर झुन्डिइरहेका भक्तालुको देब्रे खुट्टा केबलकार डब्बाको ढोकाले च्यापेको छ भने दाहिने खुट्टाले टेक्ने ठाउँ पाएको छैन ।

तस्बिरमा देखिएअनुसार भक्तालुले न्वारानदेखिको बल लगाएर ज्यान जोगाउन दुई हातले केबलकार ढोकामाथि समातिरहेको देखिन्छ ।

०५५ मंसिर ८ देखि सञ्चालनमा आएको केबलकारको यो चरम लापरबाही हो ।

मनकामना दर्शन प्रालिअनुसार केबलकारमा दैनिक तीन हजारले यात्रा गर्छन् । तीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय पर्यटक रहेको बताइन्छ । nepal24news बाट

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...