असोज १६, बैतडी ।।
नुहाउने क्रममा खोलाले बगाउँदा एक सात वर्षीय बालिकाको मृत्यु भएको छ। आइतबार साँझ जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिम कुम्तडीका सोभान भुलकी छोरी सात वसन्ती भुलको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकै रहेको जमाडी खोला छेउमा नुहाउने क्रममा बगेर उनको मृत्यु भएको बताइएको छ। घरमा अभिाभावक नभएको समयमा गाउँका केटाकेटीसँगै खेल्दै नुहाउन पुगेकी सीतालाई खोलाको तीब्र बहावले बगाएर ५ सय मिटर टाढा पुर्याएको थियाे। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि आइतबार नैदोगडाकेदारमा भीरबाट लडेर २२ वर्षीय एक युवकको ज्यान गएको थियो।

No comments:
Post a Comment