असोज २६ काठमाडौं ।। सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विहिबार सिंहदबारस्थित एमाले संसदीय दलको कार्यलयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले टीका र खादा लगाएर देवनारायणको भव्य स्वागत गरे ।
उनी पार्टी प्रवेश गर्नकै लागि सप्तरीबाट काठमाडौं आएका थिए ।
सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकावासी देवनारायण गत वर्ष भारतीय ज्यादतीको विरोधमा सप्तरीको तिलाठीस्थित नेपाल–भारत सीमा क्षेत्र (दशगजा) देशको भूमि जोगाउन संघर्षमा उत्रेका थिए । त्यसक्रममा घाइते भएका उनको एमालेको पहलमा काठमाडौंमा उपचार भएको थियो ।
देवनारायण केही दिन पहिले भारतीय प्रहरीको निशानामा समेत परेका थिए । नेपालीहरुको चर्काे दबाबका बीच उनी ७ दिनपछि छुटेका थिए ।
मधेस समता पार्टी एमालेमा विलय
यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी आजै एमालेमा विलय भएको छ । सिंहदरबारमै आयोजित कार्यक्रममा समता पार्टी एमालेसँग एकीकृत भएको हो । Dainiknepal /nepal24news

No comments:
Post a Comment