असोज २८ , २०७४ ,काठमाडौं ।।
प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार राप्रपाबाट एक उपप्रधानमन्त्री, ३ मन्त्री र चार राज्यमन्त्रीलाई समावेश गरेर देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन्।
प्रधानमन्त्रीले कमल थापालाई उपपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र बिक्रम थापालाई मन्त्री र कुन्तिकुमारी शाही, कान्ता भट्टराई, भास्कर भद्रा, सुशीलकुमार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। उनीहरु अहिले विना विभागीय हैसियतमा रहने प्रधानमन्त्री देउवाका सहायक स्वकीय सचिव केशव जोशीले जानकारी दिए।
नेपाली कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राप्रपाका नेताहरुलाई मन्त्रिपरिषदमा लगेपछि माओवादी मन्त्रीहरुले आफै राजिनामा गर्ने आशा राखेका छन्। उनीहरुले राजीनामा नगरेमा हटाउने मनस्थितिमा देउवा रहेका छन्।

No comments:
Post a Comment