Friday, October 13, 2017

मुख्यमन्त्रीको तलब ६४ हजार: अन्य सेवा-सुविधा यस्ता छन्

असोज २८, काठमाडौं ।।

प्रदेश प्रमुखहरुले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।
विधेयकअनुसार, प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र बार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, प्रदेश प्रमुखलाई १५ लाखको बीमा सुविधा दिइएको छ भने, भ्रमण भत्तामा स्वदेशभित्र दैनिक तीन हजार रुपैयाँ र विदेशमा तीन सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ ।
प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउनेछन् । भने निजी चिकित्सक तथा विज्ञ पनि नियुक्त गर्न पाउनेछन् ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...