Friday, October 6, 2017

साँझ बर्थडे पार्टी, बिहान भेटियो आमा र २ बच्चाको घाँटी रेटिएको लाश

असोज २०,२०७४ ।। अघिल्लो दिन साँझ ३ वर्षका छोराको बर्थ डे पार्टी मनाएर सुत्न गएकी महिला भोलिपल्ट बिहान बेडरुममै मृत भेटिएकी छिन् । उनीसँगै अघिल्लो दिन जन्मदिन मनाएका छोरा अभय र ४ वर्षकी छोरी आभाको पनि हत्या भएको छ । मृतक महिला २४ वर्षकी अन्नुकुमारी शर्माका पति ३४ वर्षका भैरवनाथ बेपत्ता छन् ।


यो घरमा अघिल्लो दिन साँझ छोराको जन्मदिन बनाइएको थियो । राति २ बजेसम्म पार्टी चलेको बताइएको छ । पार्टी सकिएपछि खानपिन गरेर सबै सुत्न गएका थिए । बिहान एक्कासी महिला र २ बच्चा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीले फरार रहेका महिलाका पति भैरवनाथले हत्या गरेको आशंका गरेको छ ।

घटनास्थलमा प्रहरीले एउटा पत्र फेला पारेको छ । पत्रमा भैरवनाथका पिता राजेन्द्रलाई पहिलेदेखि अदालतमा चलिरहेको केसमा बयान नदिन धम्की दिइएको छ । भैरवको विवाहित बहिनीको पनि हत्या भइसकेको छ । हत्याको आरोप बहिनीको घरका परिवारमाथि छ । उनकी बहिनीको घरमै जलाएर हत्या गरिएको थियो । भारतको झारखंड राज्यमा घटना भएको हो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...