Friday, October 6, 2017

बलात्कारी बाबाको अपराध लुकाउन हनीप्रीतले यसरी बुनेकी थिइन् डरलाग्दो षड्यन्त्र, भयो खुलासा

असोज २०, एजेन्सी । बलात्कारी बाबा रामरहिमलाई दोषी ठहर गरेलगत्तै पञ्चकुलामा भड्कीएको हिंसाका बारेमा सनसनीपूर्ण खुसाला भएको छ। प्रहरीका अनुसार हनीप्रीतले हिंसा भड्काउनका लागि एक करोड १५ लाख रुपैयाँ दिएको खुलासा गरेको हो।
पञ्चकुला नाम चर्चा घर का इञ्चार्ज चमकौर सिंहले उक्त कुराको खुलासा गरेका हुन्। १७ अगष्टमा डेरामा छलफल भएपछि हनीप्रीतले हिंसाका लागि उक्त पैसा पुर्याउन पठाएको उनको दाबी छ।
बाबा रामरहिम बलात्कारको आरोपमा दोषी ठहर भएपछि २५ अगष्टमा भड्किएको हिंसामा ३० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो। हिंसामा बाबाका समर्थकले १०० भन्दा बढी गाडिमा आगजनी गरेका थिए।
हिंसा भड्काएको तथा बलात्कारी बाबा रामरहिमलाई भगाउन खोजेको आरोपमा प्रहरीले हनीप्रीतलाई पक्राउ गरिसकेको छ।
source : DCnepal/ nepal24 news

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...