२३ असोज, विराटनगर ।।
साउनको अन्तिम साता आएको बाढीले क्षतिग्रस्त भएको भारतको मीरगञ्ज पुलको मर्मत पुरा भएको छ । करिब डेढ महिना लगाएर क्षतिग्रस्त पुलको मर्मत सकिएपछिसो मार्ग भएर सवारी साधान सञ्चालनमा आएको छ ।पुल सञ्चालनमा आएसँगै औद्योगिक कच्चा पदार्थ बोकेका दुईवटा ठुला सवारी साधन नेपाल भित्रिएको छ । पुलको निमार्ण कार्य पूर्ण भएपछि परीक्षणको लागि ३० टनको दुई वटा मालबाहक सवारी साधन नेपाल भित्रिएको विराटनगरस्थित रानी भन्सार कार्यालयले जनाएको छ ।
भारत एवम् तेश्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मीरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुदै औद्योगिक कच्चा पदार्थ्ा आयात हुने गरेको थियो । रेल्वे मार्ग यसअघि नै सञ्चालनमा आएको थियो भने मीरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आउन औद्योगिक कच्चा पदार्थ आयत हुन सकेको थिएन ।
निमार्ण पुरा भएको पहिलो दिन आइतबार बिहान र साझ परीक्षणको रुपमा ठूला सवारी साधन नेपाल भित्रएको र मंगलबारदेखि पूर्ण रुपमा पुल हुँदै ठूला मालबाहक सवारी आवतजावन गर्ने रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार आज सोमबारदेखि हल्का सवारी साधन र पेट्रोलिय पदार्थ बोकेको सवारी साधन मीरगञ्ज पुल हुँदै आउने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउत, कोषाध्यक्ष रमेश राठी, भन्सार एजेन्ट संघको अध्यक्ष बिजेन्द्र परासरलगायले निमार्ण कार्य पुरा भएको पुलको आइतबार अनुगमन गरेका थिए ।
No comments:
Post a Comment