Tuesday, October 3, 2017

काठमाडौँमा फेरी भूकम्प आयो

काठमाडौँ, १८ असोज । काठमाडौंमा भर्खरै राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ।
दुई सेकेन्ड जति हल्लाएको यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड खुलेको छैन।

यो २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको भुइँचालोको परकम्पन हो वा नयाँ भुइँचालो हो भन्ने पनि खुलेको छैन। दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...