असोज १८, २०७४,काठमाडौं ।।
एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच तालमेल तथा पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएलगत्तै कांग्रेसका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। कांग्रेसले लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ। प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पनि पुगेको स्रोतको दाबी छ। कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन्। यसमा कारक सत्ता परिवर्तनको खेल भए मंसिर १० र २१ गतेको निर्वाचन हुन नसक्ने परिस्थिति उत्पन्न हुने त्रासमा एमाले र माओवादी रहनु देखिएको छ। कांग्रेसका नेताहरूको अनौपचारिक बैठकलगत्तै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री देउवालाई भेटी प्रजातान्त्रिक मोर्चाका लागि कांग्रेसले निर्णय गर्नुपर्ने बताएको बालुवाटार स्रोतले बतायो। देउवाले मंगलबार नै राजपा अध्यक्ष महन्थ ठाकुरलगायत अध्यक्षमण्डलका केही नेतासँग पनि सम्पर्क गरेका थिए। कांग्रेस नेता रमेश लेखकले एमाले र माओवादीबीचको चुनावी तालमेलले कांग्रेसको परिणाममा तात्विक भिन्नता नरहने दाबी गरे।
‘मंगलबार भएको एमाले–माओवादी सहमति प्रजातन्त्रका लागि खतरा हो’, नेता लेखकले भने, ‘कांग्रेसको काम निर्वाचन गराउनु र प्रजातन्त्र बचाउनु हो।’ कांग्रेसले दुई शक्तिको एकता प्रयासलाई ध्यान दिँदै विशेष चुनावी नीति तय गर्नेमा दुईमत नरहेको उनले बताए।

No comments:
Post a Comment