Monday, October 16, 2017

यमपञ्चक सुरु, अाज कागतिहार, अायुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती पनि अाजै ..

असोज ३१, २०७४ ,
कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। कागलाई विभिन्न परिकार खान दिई पूजा गरिँदैछ। यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। कागकाे अावाजकाे प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प अादि प्राकृतिक विपत्तिकाे अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

 'काग अत्यन्त चलाख पक्षी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ', पं.बालमुकुन्द देवकोटा भन्छन्, 'अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानलाई गुन लगाउने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पूजा गरिएको हो।'  कार्तिक कृष्ण चतुर्दशीमा कुकरकाे पूजा गर्ने परम्परा छ। यद्यपि हरेक दिन बिहान काग र कुकुरलाई खान दिएर मात्र अाफू खाने विधान हिन्दु धर्ममा छ, जसलाई काकबलि र श्वानबलि भनिन्छ। नेपाल तथा भारतबाट प्रकाशित हुने पञ्चांगहरूले मंगलबार 'यमपञ्चक' सुरु हुने उल्लेख गरेका छन्।

 मृत्युदेव यमराजसँग सम्बन्धित भएकाले कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनको अवधिलाई 'यमपञ्चक' भनिएको पं.देवकोटाले बताए।  मंगलबार नै  आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती मनाइन्छ।  देव र असुरहरु मिलेर समुद्र मन्थन गरेपछि अमृतको कलश लिएका भगवान विष्णुको अंशका  रूपमा यसै दिन धनवन्तरिको प्रादुर्भाव भएको पुराणाहरूमा उल्लेख छ। त्यसैले अायुर्वेदका विद्यार्थीहरू यो दिन आरोग्य दिवस मनाउँछन्। यसै दिन धातुका नयाँ भाँडाकुँडा तथा चाँदीका सामान किन्ने चलन पनि छ। यसलाई धनतरेश भनिन्छ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...