Monday, October 2, 2017

बर्दियामा झडप पछि अनिश्चितकालीन कफ्र्यु आदेश

असोज १६, बर्दिया ,रासस।। जिल्ला प्रशासन कार्यालय बर्दियाले  बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।

आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो ।
झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सो घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कफ्र्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार स्थिति साम्य नभएसम्म कफ्र्यु आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...