असोज २३,काठमाडौं । अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौंको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै सोमबार दिउँसो उनीमाथि दुई राउण्ड गोली हानिएको थियो । शान्तिनगर खरिबोटमा गाडीभित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई होली हानेका थिए ।
गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment