फाइल तस्बिर:-
असोज १९ , पुर्नवास , कञ्चनपुर ।।
पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ स्थित दशगजा मिचेर भारतले खनेको नाला पुर्न भारत सहमत भएको छ । विहिबार बिहान नेपालभारत दुईपक्षिय सुरक्षा वार्ता पछि भारतले दशगजा मिचेर खनेको नाला पुर्न मन्जुर भएको हो ।
बुधबार भारतीय सिमा सुरक्षाबलको केमा चौकी नजिक पुनर्वास नगरपालिकाको दशगजा क्षेत्रमा भारतीय सिमासुरक्षाबलले नेपालभारत दशगजा क्षेत्रमिचेर नाला खनेको थियो । नाला खन्दै गर्दा स्थानीय र नेपाली प्रशासन सो क्षेत्रमा पुगेपछि नाला खन्न रोक लगाएको थियो । भारतले बाढी तथा जंगली जनावर रोक्न नाला खनेको बताएको छ ।
भारतले नेपालभारत १९३ नम्बर पिल्लर नजिक दशगजा मिचेर २०० मिटर नाला खनेको सो वडाका वडाअध्यक्ष नारायण जैसीले बताए ।
दशगजा मिचेर नाला खनेको भारतलाई तत्काल नाला पुर्न भनेपछि विहिबारबाट नै नाला पुर्ने काम सुरु भएको सशस्त्र प्रहरी निरीक्षक भिम थापाले बताए ।
विहिबार सशस्त्र प्रहरी निरीक्षक थापा, प्रहरी निरीक्षक दलराम टमाटा र भारतीय समकक्षीहरु विच वार्ता भएको थियो ।
पुनर्वासको सीमा समस्या समाधान हुन नसक्दा भारतले पटकपटक अतिक्रमण प्रयास गरिरहेको छ । सीमा समस्या समाधान गर्न आएको सीमा सर्वेटोलि फर्किएपछि सीमा समस्या अलपत्र बनेको छ भने पुनपा ४ को आनन्दबजार क्षेत्र सुनसान बनेको छ । पुनर्वास नगरपालिकामा वडा नम्बर ९ देखि ४ सम्मको नेपाल भारत सीमा विवाद रहेको छ ।
साभार:- हाम्रै साझा पत्रीका

No comments:
Post a Comment