असोज २२,महेन्द्रनगर- अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि हातपात गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा सुत्केरी गराउन ल्याएकी महिलाको शिशुको मृत्यु भएपछि उनका आफन्त आक्रमणमा उत्रिएका थिए।
बिरामीका आफन्तले डा. सत्य कोइरालामाथि हातपातको प्रयास गरेका थिए। सो क्रममा ड्युटीमा खटिएका प्रहरीका जवान प्रतासिंह बोहराको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा ४ टाँका लगाइएको छ। अस्पतालमा समेत तोडफोड गरिएको प्रशासनले जनाएको छ।
सो घटनापछि अस्पतालमा कार्यरत सबै कर्मचारी आज बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएकाले उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका छन्।
शनिबार राति सुत्केरी गराउन ल्याइएकी भीमदत्त नगरपालिका १ बारकुन्डाकी सरस्वती विष्टले शिशु जन्माउने क्रममा शिशुको मृत्यु भएको थियो।
No comments:
Post a Comment