Sunday, October 8, 2017

डडेल्धुराका वनमा थुप्रिएका खोटो वर्षौंदेखि अलपत्र

डडेल्धुरा, असोज २२ । डडेल्धुराका वनहरुमा थुप्रिएको खोटो बर्षौंदेखि अलपत्र हुँदा स्थानीय त्रसित बनेका छन् ।

विभिन्न खोटो कम्पनीले डडेल्धुराका सल्लेरी वनबाट मापदण्ड विपरित खोटो संकलन गर्दै आएपछि जंगलका केही रुख सुक्दै गएका छन् । संकलन भएको हजारौंको संख्यामा खोटोका कन्टेनर पनि सडक छेउमा त्यत्तिकै अलपत्र छन् । यसले कुनैपनि बेलामा बिपद निम्तिन सक्ने भन्दै स्थानीय आत्तिएका हुन् ।
डडेल्धुराको ५० हजार हेक्टर खोटे सल्लाको वन क्षेत्रमध्ये २९ हजार ६ सय ६७ हेक्टरमा रहेको सल्लेरी वनबाट लामो समयदेखि खोटो संकलन गर्दा वन विनास त भएकै छ, संकलित खोटोसम्बन्धित निकायले नउठाउँदा स्थानीयबासीले पाउने पारिश्रमिक र राज्यले पाउने राजश्व पनि रोकिएको छ ।
खोटो संकलन गरि प्रशोधनका लागि भारतीय बजारमा निर्यात गर्ने तयारीका लागि सडक छेउमा राखिएको करोडौंका खोटो कन्टेनरहरु वनमा त्यत्तिकै राखिँदा कुहिएर जाने र कुनै दिन आगलागी भएमा ठूलो जोखिम हुने भएकाले तत्काल व्यवस्थापन गर्न सरकारसँग स्थानीयले आग्रह गरेका छन् । रासस

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...