
असोज १८ ,रौतहट ।। नुमना बस्ती बनाएर घर दिने भएपछि रौतहटका बस्तीका दलितहरुले धुर्मुस सुन्तली भगवान बनेर आएको बताएका छन्। वर्षौदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परीवारले माघ देखि सुबिधायुक्त घर तथा सफा र सुन्दर बस्तिमा बस्न पाउने भएपछि उनीहरु खुसी छन्।
धुर्मसको जन्मदिनको अवसर पारेर असोज ४ गते बस्तिको शिलान्यास गरीएको थियो । अहिले बस्तिका पुराना र जीर्ण झुपडीहरु हटाउने काम भैरहेको छ।
गरीव लाइ सहयोग गर्न र घर नै बनाइदिन आएका धुर्मुस सुन्तली मानिस नभएर भगवान नै भएको बस्तिका शैलेन्द्र माझी मुसहरले बताए।खान लगाउन नै सधै समस्या हुने गरीवको उद्धार भएको ले गाउमा भगवान आइपुगेको भन्दै बस्तिकी बसन्ती देवी ले खुशी व्यक्त गरेकी छिन्।

नमुना बस्ति बनाउनका लागी जमिन, बाटो, लगाएत सवै पुर्वाधार भएकाले सन्तपुरको दलित बस्ति नै छनौट गरीएको धुर्मसले बताए।बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी, सरकारको मापदण्ड अनुसार २ तले ४ वटा कोठा भएको घर र शौचालय, धारा र बगैंचा समेत निमार्ण हुने छ।
बस्तीमा ४५ वटा आवासिय घर, एक मन्दिर, सार्बजनिक धारा सामुदायिक भवन र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको निर्माण हुने फाउण्डेशनका व्यवस्थापक अर्जुन न्यौपाने ले जानकारी दिएका छन्।
सवैको साथ र सहयोग भएमा आउदो माघ २४ गते बस्ति समुदायलाइ हस्तान्तरण गर्ने योजना रहेको फान्डेशनकी उपाध्यक्ष तथा हास्य कलाकार कुन्जना घिमिरे सुन्तलीले बताएकी छिन्।
साभार:- अन्नपूर्ण पोस्ट
No comments:
Post a Comment