Friday, October 27, 2017

‘कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध’

कार्तिक ११,काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र कांग्रेसका विरुद्ध भएको बताएका छन् । 
 नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिए ।  
लोकतन्त्रमा विश्वास गर्ने एक मात्र पार्टी कांग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनैपर्छ ।” उनले पार्टीलाई विजयी गराउन आजैदेखि वडास्तर पुगेर काम गर्न तरुण युवालाई निर्देशन दिए । रासस

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...