Saturday, September 30, 2017

प्रेमीको आमाबाबुलाई अपशब्द प्रयोग गर्दाको परिणाम

असोज १५,२०७४, आइतबारमा प्रकशित ।।
आमाले आफूलाई नुहाउन पठाएको रिसमा एक छोराले बञ्चरोले हानेर आमाको नै हत्या गरेका छन् । उनले आमाको शवलाई कपडामा पोको पारेर इनारमा फालिदिएका छन् । दिउँसो घरमा बसिरहेका छोरालाई आमाले नुहाउन पठाइन् तर छोराले मानेन् । आमाले जिद्दी गर्दै गाली गर्न थालेपछि रिसको झोंकमा छोराले आमालाई बञ्चरोले प्रहार गरे ।
प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बुधबार दिउँसो भारतको राजस्थानको मुरलीपुरा गाउँमा घटना भएको हो । सूचना पाएपछि प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएको छ र छोरालाई गिरफ्तार गरेको छ । बादामी नामकी ६५ वर्षीया महिलाले आफ्ना छोरा लाखन यादवलाई नुहाउन पठाएकी थिइन् । नमानेपछि उनले गाली गरेकोमा लाखनले बञ्चरोले हिर्काएका हुन् । बादामीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा त्यही बेला एक महिला पुगेकी थिइन् तर लाखनले उनलाई पनि तर्साएर भगाइदिएका छन् । त्यसपछि उनले आमाको लाशलाई तन्नामा पोको पारेर गाउँकै सुख्खा इनारमा फलिदिएका छन् । यस बारेमा हत्या गर्ने लाखनका दाजुले प्रहरीलाई सूचना दिएका थिए । प्रहरीले शवलाई इनारबाट निकालेर अस्पताल पठाएको थियो ।-डिसी नेपाल/nepal24news

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...