Monday, September 25, 2017

धनगढीमा अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको अधिवेशन हुदै....


 असोज ९ ,धनगढी  । प्रदेेेश नं ७  मा रहेेेेको कैलाली जिल्लाको धनगढीमा अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको प्रथम महाधिवेशन तथा प्रथम अन्तराष्ट्रिय सम्मेलन हुुुुने भएको छ। उक्त सम्मेलन प्ररधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्ने बताइएको छ ।

सुदूरपश्चिम क्षेत्रको पूर्बाधार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, तथा पर्यटनको प्रवर्द्धनमा टेवा पुगाउने उद्धेश्यले आयोजना हुने प्रथम महाधिवेशन तथा प्रथम अन्तराष्ट्रिय सम्मेलन असोज २० र २१ गते संस्थाका सचिव अमृत शाहीले बताउनुभयो ।

अधिबेशनको उद्घाटनमा सात नम्वर प्रदेश अर्थात सुदूरपश्चिम क्षेत्रका संस्कृति झल्काउने सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने जनाइएको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका महादेशका साथसाथै खाडी क्षेत्रका प्राय सवै देशमा कार्यरत नेपालीहरु प्रथम महाधिवेशन तथा प्रथम अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ ।

दोस्रो दिन नयाँ नेतृत्व चयन गर्ने संस्थाको महाधिवेशनमा ३५ देशका झण्डै दुई सय प्रतिनीधि सहभागी हुने सचिव शाहीले बताउनुभयो । सुदूरपश्चिम क्षेत्रका लागि केही गर्ने मूल उद्धेश्यका साथ कर्मथलोमा तदर्थ समिति गठन भएकोले हाम्रो संस्थाको प्रथम महाधिवेशन तथा प्रथम अन्तराष्ट्रिय सम्मेलन पनि सुदूरपश्चिम क्षेत्रमै आयोजना गरिएको संस्थाले जारी गरिएको प्रेस सामाग्रीमा उल्लेख छ ।

सचिव शाहीले प्रथम महाधिवेशन तथा प्रथम अन्तराष्ट्रिय सम्मेलनको तयारी शुरु भइसकेको र तयारीका लागि धेरै जना नेपालीहरु नेपाल आइसकेको पनि बताउनुभयो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...