कात्तिक १७, २०७४ ।।
प्रहरीसँग २०६० सालयताको आपराधिक गतिविधिको सूचीमा दीपक मनाङे र गणेश लामाविरुद्ध एक दर्जनभन्दा बढी रेकर्ड छन्। धम्की र जबरजस्ती रकम असुलीलगयत दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको।
दुवैजना संघी संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्ने दौडमा छन्। मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ ख बाट उम्मेदवार बनेका छन्। लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे २ ख मा कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे। लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन्। २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै देशभर आपराधिक जालो फैलाउने मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए।
होटलको बाउन्सरदेखि लामाले मनाङेको मुख्य सहयोगी रूपमा ठमेल क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगे। रात्रिकालीन व्यवसाय, ठेक्कापट्टा क्रसर उद्योग र रक्तचन्दन तस्करीबाट उकासिएको आर्थिक हैसियत बढाएका उनीविरुद्ध सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानमा आपराधिक गतिविधि गरेर कमाएको सम्पत्तिमध्ये खुलेकै २७ करोड देखिएको छ। त्यही पैसाको आडमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको पुच्छर समातेका उनले फोरम कांग्रेसमा विलय भएसँगै ‘निष्ठावान् कार्यकर्ता’ बन्न पुगेका हुन्।

No comments:
Post a Comment