Friday, November 3, 2017

१७ वर्षकी शाहरुख कि छोरी सुहाना कति हजारको टि–सर्ट लगाउँछिन ?

मुम्बई (एजेन्सी)।  बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना यतिबेला निकै चर्चामा छिन्।
१७ वर्षकी सुहाना आफ्नो ग्लामर शैलीका कारण प्रायः चर्चामा आइरहन्छिन्। उनको ब्रान्डेड र महंगो लुगाको पनि चर्चा हुने गरेको छ।
मुम्बईमा धीरुभाई अम्बानीको स्कुलबाट १० कक्षाको पढाई सकेर लन्डनमा पढ्दै गरेकी सुहाना ग्य्राजुएसन सकेर बुवा जस्तै फिल्ममा प्रवेश गर्न चाहन्छिन्।
विहिबार शाहरुखको ५२ औं जन्मदिनको दिन उनी नयाँ पोसाकमा देखा परिन्। जुन पोसाकको अहिले चर्चा भइरहेको छ। उनी गिभेन्ची ब्रान्डको टि–सर्टमा देखा परेकी थिइन्।
हेर्दा निकै सस्तो देखिने यो टि–सर्टको दाम सुनेर जो कसैलाई अचम्म लाग्न सक्छ। सुहानाले लगाएको टि–सर्टको दाम १०–२० हजार नभएर पुरै ५० हजार २ सय १९ रुपैयाँको थियो।
उनी यसअघि पनि आमिर खानको फिल्म ‘सीक्रेट सुपरस्टार’ हेर्न ६४ हजार रुपैयाँ पर्ने गिउसेप जानोटी ब्रान्डको जुत्ता पहिरिएर हल गएकी थिइन्। 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...