असोज १९,कञ्चनपुर– खुनडाँका मुद्दामा फरार रहेका पृथ्वी मल्ल भन्ने प्रकाश सिंह ठगुन्ना १० वर्षपछि पक्राउ परेका छन् । अपराध महाशाखाबाट खटिएको प्रहरी निरीक्षक रोशन खड्का समेतको टोलीले ठगुन्नालाई कन्चनपुरको भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको हो ।
वि.सं. २०६४ असार २१ गते राती काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीस्थित हेमन्त सम्शेर राणाको मुरारी भवनको रेखदेख गर्न बसेकी बर्ष ७८ कि मेरी रोज भन्ने मिश्रीमाया श्रेष्ठको हत्या आशंकामा पक्राउ परेका ठगुन्ना प्रहरी हिरासतबाटै फरार भएका थिए ।
घरको झ्यालको ग्रील तोडेर भित्र प्रवेश गरी मिश्रीमाया श्रेष्ठको दुबै हात साडीले बाँधेर घाँटी थिची हत्या गरेर उक्त घरमा रहेका सुन तथा नगद समेत डाँका गरी लगेको खुन डाँका मुद्दा महानगरीय प्रहरी वृत बौद्धमा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ठगुन्नाले दश वर्षअघि डिउटीमा रहेका प्रहरी जमदार कृष्णकुमार श्रेष्ठलाई प्रलोभनमा पारी २०६४ साउन १७ गते राति प्रहरी हिरासतबाटै भाग्न सफल भएका थिए ।
प्रहरी जमदार श्रेष्ठ पनि उनीसँगै फरार भएका थिए । श्रेष्ठलाई दुई दिनपछि साउन १९ गते पक्राउ गरी निजलाई प्रहरी ऐन २०१२ अन्तरगत थुनुवा भगाएको मुद्धामा जिल्ला प्रहरी विशेष अदालत गठन गरी कारवाही चलाएको छ ।
अनुसन्धानको क्रममा प्रतिवादी ठगुन्नाले यसअघि २०५७ सालमा नेपाली सेनामा जागिर खाएको अवस्थामा ललितपुरको भैसेपाटीमा होटल संचालन गरी बस्ने एक महिलालाई जर्बजस्ती करणी गरेको मुद्दामा जेल परेका थिए ।
यस्तै, २०६४ जेठ २१ गते काठमाडौंका गौशाला एरियामा रहेको गल्फ कोर्समा शंकर अधिकारीलाई गोली हानेको तथा ०६४ असार १० गते अजिमा फेसन होम लाजिम्पाटका संचालक सुरबीर श्रेष्ठलाई गोली हानेको भन्ने घटनाहरु समेतमा उनको संलग्नता रहेको हुन सक्ने भन्ने प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment