Wednesday, October 4, 2017

प्रधानमन्त्रीले सोधे–माओवादीले समर्थन फिर्ता लिए के हुन्छ ?

२०७४ असोज १९ ,काठमाडौं ।।
 पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउन सक्ने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् । देउवाले परामर्शका लागि बुधबार एकदर्जन कानुनविद्लाई बालुवाटार डाकेका थिए । कानुनविद्हरू पनि संविधान नै बोकेर देउवालाई भेट्न बालुवाटार
पुगेका थिए ।

छलफलमा उपस्थित कांग्रेस नेताहरूले निर्वाचन बिथोल्ने रणनीतिअनुरुप वामगठबन्धन भएको हुनसक्ने आशंकासमेत उब्जाएका थिए ।महान्यायाधिवक्ता वसन्तराम भण्डारीले नयाँ राजनीतिक घटनाक्रमलाई लिएर छलफल भएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...