Monday, October 9, 2017

प्रधानमन्त्री पत्नी धनगढीबाट उम्मेदवार बन्ने चर्चा, कैलाली कांग्रेसमा हलचल

कैलाली, असोज २४ – प्रधानमन्त्री पत्नी तथा कांगेस नेतृ डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ अर्थात धनगढीबाट प्रतिनिधि सभाको चुनाव लड्ने चर्चा चलेपछि कैलाली कांग्रेसमा भूकम्प गएको छ ।
कांग्रेसका लागि बलियो आधार मानिएको धनगढीमा प्रधानमन्त्री पत्नी राणाले आँखा गाडेपछि यहाँका नेताहरु आफूले टिकट नपाउने भन्दै असन्तुष्ट बनेका हुन् । स्थानीय स्तरमा एकसे एक क्षमतावान नेताहरु हुँदाहुँदै शक्तिकै भरमा प्रधानमन्त्री पत्नीलाई चुनाव लडाउन खोजेर आफूहरुको राजनीतिक भविष्य भत्काउन खोजेको भन्दै नेताहरु बिरोधमा छन् ।
राणालाई चुनाव लडाउन धनगढीमा ल्याउन नहुने भन्दै कांग्रेसीहरुले सामाजिक सञ्जालमा तीब्र आलोचना समेत गरेका छन् । कांग्रेस कैलालीको जिम्मेवार पदमा बसेका नेताहरु पनि आरजुलाई चुनाव लडाउन धनगढी ल्याउन नहुने भन्दै खुलेआम बिरोधमा लागेका छन् । कांग्रेसका युवा नेता क्षीतिज भण्डारीले आइतबार दिउँसो धनगढीमा पत्रकार सम्मेलन गरेर डा. आरजु राणा देउवालाई लक्षित गर्दै आयातित नेतालाई टिकट दिइए अमान्य हुने र आफूले बागी उम्मेदवारी दिने संकेत गर्नुभयो । 
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले धनगढीबाट प्रतिनिधि सभाको चुनाव लड्ने इच्छा देखाएपछि अहिलेका सासंद पुष्करनाथ ओझा निकट कांग्रेसी भित्र अहिले भूकम्प नै गएको छ ।
सासंद पुष्करनाथ ओझा निकटमानिने नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले धनगढीमा एक से एक क्षमतावान नेता हुँदाहुँदै आयातित नेताका लागि यहाँका नेतालाई बिस्थापित गर्न नपाइने तर्क गर्नुभयो । कैलालीमा कांग्रेसका नेताहरुबिच टिकटका लागि लामो समयदेखि लविङ चलिरहेको छ । फाइल तस्बीर;-
साभार:- उज्यालो अनलाइन 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...