Thursday, October 12, 2017

१० रुपैयाँ दिँदै १० वर्षीया बालिका बलात्कार, पक्राउ परे ८५ वर्षे वृद्ध


असोज २६,गोरखा – १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध पक्राऊ परेका छन् । प्रहरीले गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँलाई पक्राउ गरेको हो ।


बुधबार दिउँसो साढे ४ बजे बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो ।
बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । वृद्ध मियाँले यसअघि पनि बालिकालाई पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीको भनाई छ । बालिकाकी आमा सुस्तमनस्थितिकी रहेको र बाबु पनि कामका लागि भारतमा रहेका छन् ।
प्रहरीका अनुसार मियाँले १०/२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । ‘पहिले पनि तीन पटकसम्म घटना भएको पाइयो’, अधिकारीले भन्नुभयो, ‘आमाले बच्चाको स्याहार गर्न नसक्ने रहिछन्, त्यही मौकामा उसले १०/२० रुपैयाँ दिएर पटकपटक त्यसो गर्दै आएको रहेछ ।’ बुधबारको घटना पनि पैसाको लोभ देखाएरै भएको पाइएको एसपी अधिकारीको भनाई छ । बालिकाले २० रुपैयाँ मागेपछि आरोपी मियाँले १० रुपैयाँ दिएर प्रलोभनमा पारेको उहाँले बताउनुभयो । प्रहरीले बालिकाको साथबाट १० रुपैयाँ पनि फेला पारेको छ ।
रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम ल्याइएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...