Thursday, October 5, 2017

नवराज सिलवाल एमालेमा प्रवेश गर्दै, आजै ओलीले स्वागत गर्ने

असोज २०, २०७४ ,काठमाडौं ।।
नेपाल प्रहरी प्रमुख 'आईजीपी' बन्न नपाएपछि प्रहरी सेवाबाट राजीनामा दिएका पूर्वडीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। सिलवाललाई काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा मध्याह्न एमाले अध्यक्ष केपीशर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले काठमाडौं जिल्ला कमिटीका प्रचार विभाग सचिव दीपक निरौलाले जानकारी दिए।

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत गएका थिए। कार्यसम्पादन मूल्याङ्कनमा चन्द सिलवालभन्दा पछाडि रहेको भन्दै अदालतले रोकिदिएपछि सरकारले प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो। अदालत गएकाले सिलवाललाई सरकारले एआईजीमा समेत बढुवा गरेन।

अदालतबाट पनि न्याय नपाएको भन्दै सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा तत्कालीन सरकारले सिलवाललाई आईजीपी नबनाएको चर्चा हुने गरेको छ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...