Monday, October 9, 2017

५५ दिनका लागि ९८ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो


असोज २४,काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले ९८ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । निर्वाचनका सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन भन्दै सरकारले ५५ दिनका लागी म्यादी भर्ना गर्ने निर्णय गरेको हो ।

मंगलबारदेखि नै भर्ना खुलेको छ । 

म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने निर्णय गरेको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खाना÷खाजा खर्च उपलब्ध गराउने भएको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...