Thursday, October 19, 2017

१७ वर्षभयो दुवईमा श्रीमान हराएको, साउदी पुगेको छोराले पनि फोन गरेन

कार्तिक २ ,२०७४ ।। खोटाङको पाथेकाकी देवी गुरुङका श्रीमान सन्जिव राई वैदेशिक रोजगारीका लागि दुवई पुगेको १७ वर्ष भयो । छोरो विशाल पनि झण्डै साढेतीन वर्षदेखि साउदीमा छन् । तर विदेशमा भएका श्रीमान र छोराले देवीलाई न फोन गरेका छन् न त खर्चबर्चनै पठाएका छन् ।

छोराको बारेमा अरुले सुनाएपनि श्रीमानको भने कुनै अत्तोपत्तो छैन । छोरो विशालले पहिले फोन गर्थे । तर २०७२ सलामा भुकम्प गएकाबेला फोन गरेपछि फोन गर्न छाडेका छन् । देवीले अरुमार्फत नै छोराको बारेमा सामान्य जानकारी पाउनु भएको छ । तर श्रीमानको बारेमा भने जानकारी दिने मान्छे समेत छैनन् ।

साउदीमा दुई वर्ष बसेर फर्किएपछि श्रीमान सन्जिव दुवई जानु भएको थियो । सन्जिवले घर छाड्दा दुई वर्षकी छोरी मन्जिला अहिले कक्षा १२ मा पढ्दैछिन् । मन्जिला खोटाङको सदरमुकाम दिक्तेलमा बसेर पढ्छिन् । देवी भने घरमा एक्लै हुनुहुन्छ ।

२०७१ सालको जेठ ३ गते साउदी उडेका छोराले न खर्च पठाएका छन् नत खबर नै । जानेबेला म्यानपवार कम्पनीलाई एक लाख रुपैयाँ तिरेका थिए । आफ्नै बजुसँग (हजुरआमा) ऋण काडेकोे रकम पनि तिरेका छैनन् ।

श्रीमान र छोरो विदेश गएपछि सुम्पर्कविहिन हुँदा देवीलाई भने छोरी पढाउन र घरखर्च चलाउन समेत धौ धौ छ । दुवै जनाको भरथेग नभएपछि देवी ढाका र अल्लोको कपडा बनाएर खर्च जुटाउन थाल्नु भएको छ ।

छोराको बारेमा अरु मार्फत खबर सुनेकी देवीलाई श्रीमानको भने कुनै खबर नपाउँदा थप पीडाले सताएको छ । वर्षौंसम्म खबर नआएपछि खोजि गर्न उहाँसँग श्रीमान विदेश जाँदाका कुनै कागजात पनि छैनन् । पठाउने म्यानपावर समेत थाहा छैन ।

‘पैसा नकमिए पनि भने भैहाल्यो नि, खेतीपाती गरेर खाँदा पनि हु्रन्थ्यो तर स्रन्चो बिसन्चो पनि थाहा नपाउँदा साह्रै तनाव भएको छ’ देवीले भन्नुभयो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...