Wednesday, October 4, 2017

कञ्चनपुरमा एक बृद्धाको रहस्यमय मृत्यु, हत्या भएको हुन सक्ने आशंका

 असोज १८,पुर्नवास ,कञ्चनपुर ।।
  कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा एक वृद्घाको रहस्यमय मृत्यु भएको छ । आइतबार दिउँसो घर नजिकैको उखु बारीमा अचेत अवस्थामा भेटिएकी वर्ष ६० की सेतु खड्काको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मृतक खड्काको हात र आँखामा गम्भीर चोट लागेको देखिएको हुँदा उनको धन सम्पत्ति हडप्न कसैले हत्या गर्ने उद्देश्यले कुटपिट गरेको हुनसक्ने बेलौरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।

 “बृद्घाको हात र आँखामा गम्भीर चोट लागेको देखिन्थ्यो, उनको अवस्था देख्दा घटना रहस्यमय भएको देखिन्छ, वडाध्यक्ष  शाहीले भन्नुभयो, घटनाको सत्यतथ्य छानबीन होस् ।”

बृद्घाको मृत्युपछि घटना रहस्यमय भएको भन्दै स्थानीयले दबाब दिएपछि इलाका प्रहरी कार्यालय बेलौरीले घटनाबारे अनुसन्धान थालेको छ ।

 घटनाको स्थलगत अनुसन्धान गर्दा त्यहाँ कुनैपनि शंकास्पद प्रमाण नभेटिएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कृष्णानन्द भट्टले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप प्रमाण खुल्ने र अहिले विभिन्न कोणबाट घटनालाई प्रमुखताका साथ अनुसन्धान गरिरहेको बताउनु भयो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...