Friday, October 13, 2017

दाजु साउदीमा पसिना बगाउदै, भाईले भाउजु लिएर काठमाडौँ तिर

असोज २७, काठमाडौं । चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ  । चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ ।

श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् ।सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् ।

दुई छोराहरु समेत रहेका भाउजुलाई लिएर काठमाडौंतिरै बस्न थालेका दानबहादुर लाई उनको श्रीमतीको उजुरीका आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।एकबर्षअघि विवाह गरेका दानबहादुर दाई विदेशिएपछि भाउजुसँग लसपसिएका थिए । अहिले रिता र दानबहादुर दुवै प्रहरी हिरासतमा छन् ।‘दानबहादुर र उनको भाउजुलाई पक्राउ गरेर बहु–विवाहको मुद्धा चलाएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धीविक्रम शाहले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’
nepal24news बाट 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...