Tuesday, October 10, 2017

​बाँकेको राप्तीसोनारीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० घाइते

बाँके, असोज २४ – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ चप्परगौडीमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् । 
काठमाडौंबाट धनगढीका लागि छुटेको ना ४ ख ८२ ५५ नम्बरको बस लौकी पुल नजिकै सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बैतडी रुद्रेश्वर गाउँपालिका ४ की ४५ वर्षकी बाहिनी बोहरा र विराटनगरको सुर्यदल गणमा कार्यरत सेनाका जवान २० वर्षका रविन्द्र पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।
अर्का एक जनाको भने परिचय खुल्न सकेको छैन । घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।  

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...