Tuesday, October 3, 2017

अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि समाज द्बारा डोटिका बाढी पिडितलाई राहत बितरण

विशाल पाण्डेय
असोज १७ , सुखड ,कैलाली ।। नेपाली सुदुर पश्चिमेलि समाज भारत, कतार र बहराइनकाे संयुक्त पहलमा डोटि जिल्लाको शिखर नगरपालिका ८ , तिलतालिकाका बाढि पिडित हरुलाई  सोमबार राहत स्वरुप चामल र शैक्षिक सामाग्री  बितरण गरिएको छ ।

 शिखर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष  सिध्ध बलाएर को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख  अथिति  पुर्व मन्त्री भक्त बहादुर बलाएरले सहयोग गर्ने अन्तर्राष्ट्रिय  नेपाली सुदुर पश्चिमेलि समाज लाई बिशेष धन्यवाद दिनु भएको थियो । केही दिन अगाडि आएको बर्षा सङ्गै  बन्ना खाेलाको बाढी गाउँमा पसि  क्षति गरेको र यसरी सहयोग स्वरुप  बाढिपिडितले केही राहत पाएको मन्त्री बलाएरले बताउनु भएको थियो । कार्यक्रमको विशिष्ट अथितिमा   शिखर नगरपालिकाका नगर प्रमुख  सिताराम जाेशि , उप प्रमुख धउलि देबि रावलको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रमको अथितिमा नेपाली काङ्ग्रेस डाेटि जिल्ला सचिव नारायण जाेशि ,अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि समाज प्रतिनिधि  भिम ब बलाएर , पत्रकार महासंघ डाेटि अध्यक्ष   एगेन्द्र बलाएर ,अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि समाज क्षेत्रीय संयाेजक (गल्फ)- धन ब बलाएर , सुदुर पश्चिमेलि समाज बहराइन प्रमुख सल्लाहकार र गैर अाबासिय नेपाली संघ बहराइन प्रथम  उपाध्यक्ष शेर ब रावत , नेपाली सुदुर पश्चिमलि समाज भारत मुम्बई समिति सचिव  भुवनप्रसाद भट्ट , बन्ना खाेला बाडिपिडित समितिका अध्यक्ष  महादेव बलाएर ,पिस जाेन एकेडेमीका फाउन्डर  भिम बलाएर ,शिखर नगरपालिका वारपाटा स्वास्थ्य ईन्चार्ज  दिल ब रावल ,स्थानिय बासिन्दा ,विद्यार्थी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन  सुदुर पश्चिमेलि समाज भारत समिति सदस्य र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि करन कडायतले गर्नुभएको थियो ।

कार्यक्रमा ३० घरधुरी लाई १ बाेरा चामल र ४० घरधुरी का बालबालिका हरुलाइ शैक्षिक सामाग्री बितरण गरिएकाे थियाे ।
(सुदुर पश्चिमेलि समाज  भारतको  दिल्ली स्थित महलैारी जिल्ला समिती सचिब हर्क रावतको सहयोगमा )

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...