असोज २७, काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ। छैटौं चरणको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा १ सय ९४ रनमा अलआउट भयो।
हङकङको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १ विकेट लिन सफल भए।
हङकङका लागि जिमी एट्किनसनले सर्वाधिक ७८ रन बनाए। उनलाई सुसनले एलबिडब्लुको धरापमा पारे। अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेका तनविर अजफलाई करणले पेभेलियनको बाटो देखाए।
करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। यस्तै कप्तान बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन्।
No comments:
Post a Comment