Wednesday, October 4, 2017

एकतापछि माओवादी केन्द्रभित्र आन्तरिक विवादले उग्र रुप लियो,केही नेताको यस्तो चेतावनी

असोज १९ ,काठमाडौं ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रभित्र आन्तरिक विवादले उग्र रुप लिएको छ ।
माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिक रुपमै असन्तुष्ट ब्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष गर्न पुष्पकमल दाहाल प्रचण्डको आलोचना शुरु भएको छ ।
चुनावी एकतासँगै पार्टी एकता गर्ने सहमतिप्रति नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाले प्रचण्डलाई साथ दिएका छन् । तर नेता गोपाल किराँती, मणि थापा र मातृका यादबसहितका केही नेताले पार्टी निर्णयप्रति फरक मत राख्दै आएका छन् ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...